About Us

Home → About Us

💻

२००+

वैदिक विधिबाट पूजा गर्ने पण्डीतहरु

🛐
१८

ओटा साना ठुला यज्ञ शाला भएको

📅
१९+
वडी बर्ष सेवाको अनुभव भएको

स्वस्तिश्री पूजा (Swostishree Pooja)

“शुद्ध मन्त्र, सिद्ध पण्डित र विधिपूर्वक अनुष्ठानमार्फत ध्यान, यज्ञ र संस्कारको समग्र सेवा  यही हो स्वस्तिश्री पूजा।”  

२१औं शताब्दीमा मानिसहरु व्यस्तताका कारण आफ्नो लागि समय पाएका छैन्न् ।कलियुगमा समेत प्रयोग गरी हरेक समस्याको समाधान गर्न मिल्ने गरी  ऋषिमुनिबाट प्रतिपादन गरिएको विद्यालाई  वैदिक विधिबाट शान्ति, सिद्धि, समृद्धि, ध्यान, यज्ञ, शुद्ध मन्त्र, सिद्ध पण्डित र संस्कारको पूर्ण संयोजन सम्पूर्ण अनुष्ठान सुनिश्चित गर्न  यज्ञ शालामा हवन सहित गरिने पूजा द्धारा लोककल्याणमा समर्पित सेवाले मानव कल्याण हुने आजको आवश्यकता लाई बुझी स्वस्तिश्री पूजा मार्फत आधुनिक समय अनुरुप सदुपयोग गरी सम्पूर्ण मानव कल्याणको लागि समर्पित सेवा स्वस्तिश्री पूजा  हो । 

सृष्टिकालदेखिको ज्योतिष विज्ञानका अभावमा समाजले पीडा भोग्नुपरेको छ। पंचाङ्कमा उल्लिखित शुभ मुहूर्तहरू ( यात्रा, खेती, विवाह, गृहप्रवेश, व्रतबन्ध आदिको ) पालना नहुँदा समस्या बढेकाले ज्योतिषीय ज्ञानलाई सबै गृहस्थीले विशेष रूपमा लिनुपर्ने र ज्योतिषीसँग  समय–समयमा परामर्श  गरी कर्म गरेमा समस्या स्वतः घट्ने विश्वास र अनुभव हामीसँग रहिआएको छ । सृष्टिको उषाकालदेखिनै वौदिक महर्षिहरुले  मानव कल्याणका लागि प्रदान गरेको एक अमूल्य निधि हो– ज्योतिष विज्ञान। यो केवल ग्रह–नक्षत्रको गणना मात्र होइन, अपितु यो त समयको विशाल सागरमा सही दिशा देखाउने एक पथप्रदर्शननै हो। आकाशीय पिण्डहरूको गति, स्थिति र तिनको प्रभावलाई सूक्ष्म अध्ययनमा आधारित यो महान् विज्ञानले जीवनका विभिन्न आयामहरूलाई बुझ्न  त्यसअनुरुप चल्न समयमै अरिष्टशान्ति गर्न सिकाउँछ ।

तर, आज जब यस दिव्य ज्ञानको अवहेलना र अवमूल्यन हुँदै छ, समाजले अज्ञानताको अन्धकारमा  अनेकौं संकट, पीडा समस्या र कष्टहरू भोगिरहेको कटु यथार्थ हाम्रो सामु छ । पंचाङ्कमा उल्लिखित यात्रा , कृषि, विवाह, गृहनिर्माण जस्ता जीवनका महत्वपूर्ण कर्महरूका लागि निर्दिष्ट शुभ मुहूर्तहरु जुन प्रकृतिको लयसँग तालमेल मिलाएर तय गरिएका हुन्छन्, तिनको उपेक्षा गर्दा समस्याहरू झनै विकराल बन्दै गएका छन् मानौं हामी नदीको प्रवाह विपरीत पौडिन खोजिरहेका छौं जसले अनावश्यक संघर्ष र पीडामात्र निम्त्याउँछ ।

अतः यस प्राचीन ज्योतिषीय ज्ञानको प्रकाशलाई भावातीत ध्यान  तथा सिद्धि कार्यक्रमको साधना सहित प्रत्येक गृहस्थीले आफ्नो जीवनमा आत्मसात् गर्नु आजको आवश्यकता हो। विज्ञ विद्वान् ज्योतिषीका मार्गदर्शनमा शुभ–अशुभ समयको विवेकपूर्ण छनोट गरी आफना कर्महरू सम्पादन गर्दा मानौं, हामीले प्रकृतिका सहयोगको हात थामेका छौं  यसो गर्नाले जीवनका अनेक बाधा अड्चनहरू स्वतः पन्छिदै जान्छन् साथै परिवार तथा समाजमा सुख शान्ति र समृद्धिको शीतल वर्षा हुन थाल्छ । ज्योतिष केवल भविष्य बताउने माध्यममात्र होइन, अपितु यो त वर्तमाानलाई सार्थक र भविष्यलाई उज्ज्वल बनाउने एक शक्तिशाली कुन्जी पनि हो । ज्योतिषी विद्यालाई हरेक व्यक्ति, परिवार,समाज र समुदायले समय समयमा अभ्यासमा ल्याए जीवनको पूर्णताको प्रारम्भ हुन सक्ने आधुनिक विज्ञ वैज्ञानिकहरूको समेत अनुसन्धान तथा सुझाव रहेकाले बोसान डाँडा चम्पादेवी सरस्वती नगर बरामण्डनमा अवस्थित नेपाल महर्षि वैदिक फाउण्डेशन द्धारा सञ्चालित चेतनामा आधारित महर्षि ज्योतिष विद्यालाई जीवनशैलीका रूपमा प्रयोग गर्न गराउन आवश्यक पहल गर्ने दृढ संकल्प सहित यस स्वस्तिश्री पूजा – धर्ममा समर्पित आधुनिक सेवा केन्द्र सँग  सहकार्य गरी यस शुभ कार्यमा सदैव अगाडि बढ्ने छ ।

स्वस्तिश्री पूजा – धर्ममा समर्पित आधुनिक सेवा केन्द्र 

उद्देश्य

स्वस्तिश्री पूजा काठमाडौं, नेपालमा स्थापित एक आध्यात्मिक संस्था हो जसले वैदिक विधिबाट पूजा, यज्ञ, अनुष्ठान तथा ज्योतिष परामर्श प्रदान गर्दछ। व्यस्त जीवनशैलीका कारण मानिसहरूलाई अनुभवी र सिद्ध पण्डितहरू फेला पार्न गाह्रो हुने आजको अवस्थामा स्वस्तिश्री पूजाले घरमै, मन्दिर वा अनलाइन माध्यमबाट पूजा सेवा उपलब्ध गराएर धार्मिक कार्यलाई सहज बनाएको छ।अनुभवी, प्रमाणित र साक्षात धार्मिक साधनामा समर्पित पण्डितहरूको टोलीले पूजालाई  धार्मिक अनुशासन, मन्त्रशुद्धता र भक्तिभावसहित सम्पन्न गर्छ।

स्वस्तिश्री पूजा आधुनिक समाजमा वैदिक परम्पराको पुनःस्थापनाको अभियान हो — जहाँ शान्ति, समृद्धि र आध्यात्मिक चेतनाको विकास हाम्रो मूल उद्देश्य हो।

  • वैदिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै आधुनिक समाजमा धर्म, शान्ति र आध्यात्मिक चेतना विस्तार गर्नु।
  • ऋषिमुनिको परम्पराद्वारा प्रतिपादित ज्योतिष शास्त्र, यज्ञ, पूजा र ध्यान जस्ता दिव्य विधिहरूलाई हरेक गृहस्थ जीवनमा उपयोगी बनाउन सहयोग गर्नु।
  • पञ्चाङ्गको पालना, शुभ मुहूर्तको सम्मान र ज्योतिषीय मार्गदर्शनद्वारा जीवनका संकटहरूको समाधान गर्न सकिने चेतना फैलाउनु।

दर्शन

  • ज्योतिष शास्त्र केवल भविष्य बताउने माध्यम होइन, यो त वर्तमानलाई सशक्त बनाउँदै उज्ज्वल भविष्यको मार्ग प्रशस्त गर्ने जीवन–विज्ञान हो।
  • शुद्ध मन्त्र र विधिपूर्वक पूजा गर्दा मात्र आत्मिक शुद्धि, पारिवारिक समृद्धि र समाजिक सौहार्दता सम्भव हुन्छ।
  • हामी प्रकृतिसँग सन्तुलनमा रहेर कर्म गर्दा मात्र जीवन सार्थक बन्छ भन्ने सिद्धान्तमा आधारित सेवा प्रदान गर्छौं।

हामीले प्रस्ताब गर्ने सेवाहरू

अनुभवी पण्डितहरू फेला पार्न गाह्रो हुन सक्छ। स्वस्तिश्री पूजा ले काठमाडौ, नेपालमा अनलाइनको माध्यमबाट स्वीकृति लिई  प्रत्यक्ष पूजा सेवाहरू प्रदान गर्दछ। हामी प्रामाणिक वैदिक संस्कार, ज्योतिष परामर्श र आध्यात्मिक मार्गदर्शन उपलब्ध गराउँछौँ। गृहप्रवेश, सत्यनारायण पूजा, रुद्राभिषेक लगायतका समारोहहरू घरबाटै बुक गर्नुहोस् र प्रत्यक्ष लाभ लिनुहोस् ।

पूजा तथा अनुष्ठान हिन्दू धर्मका महत्वपूर्ण आध्यात्मिक क्रियाकलाप हुन् जसले शारीरिक, मानसिक र आध्यात्मिक शुद्धता प्रदान गर्छ। हाम्रा दक्ष पुरोहितहरूको मार्गदर्शनमा विभिन्न देवी-देवताका पुजा, ग्रहशान्ति, वास्तुशान्ति, नामकरण, ब्रतबन्ध, विवाह लगायतका अनुष्ठानहरू विधिपूर्वक सम्पादन गरिन्छ। हामी तपाईंको सुविधाका लागि विविध पूजा, होम, अनुष्ठान आदि वास्तु सम्मत यज्ञ शाला बाट सम्पन्न गर्छौं। योग, ध्यान,सिद्दि प्राप्त पण्डितबाट, धार्मिक,तथा सामुहिक पुजा सेवा उपलब्ध छ।  आजै बुक गर्नुहोस्, धर्ममा समर्पित आधुनिक सेवा । 

स्वस्तिश्री पूजासँग दिव्य आशीर्वाद अनुभव गर्नुहोस् !

प्रमुख सेवाहरू

  • गृहप्रवेश, सत्यनारायण पूजा, वास्तुशान्ति, ग्रहशान्ति, रुद्राभिषेक, विवाह, नामकरण, ब्रतबन्ध, चूडाकर्म, दशगात्र आदि।
  • मासिक हवको साथै व्यक्तिगत एवं सामूहिक योग, ध्यान, साधना कार्यक्रमहरू।
  • यज्ञशालाबाट वास्तु समतुल्य अनुष्ठानको आयोजन।
  • अनुभवी  ज्योतिषीहरू द्वारा जन्मकुण्डली विश्लेषण, मुहूर्त निर्धारण, ग्रहशान्ति उपाय र अन्य आध्यात्मिक परामर्श।

हामीलाईनै किन रोज्ने ?

  • अनुभव, शुद्धता र श्रद्धाको समिश्रण।
  • देश विदेश बाट घरमै वा अनलाइन पूजा बुक गर्ने सहज सुविधा।
  • वैदिक शास्त्रमा विज्ञ पण्डितहरूको सेवा।
  • परिवार र समाजमा शान्ति, समृद्धि र आध्यात्मिक ऊर्जा प्रवाह गराउने प्रतिबद्धता।
  • प्रकृतिसँग सन्तुलनमा चल्न सिकाउने स्वस्तिश्री पूजाको वैदिक अभियान ।  

“संकल्प विवरणहरू प्रदान गर्नुहोस्। संकल्पको लागि आफ्नो नाम र गोत्र माथी दिएको Book a pooja मा भर्रनुहोस्। स्वस्तिश्री पूजासँग दिव्य आशीर्वाद अनुभव गर्नुहोस्।”