हाम्रा सेवाहरू
सूर्य ग्रह ज्योतिष शास्त्रमा नवग्रहहरूको राजा मानिन्छ। यो आत्मबल, प्रतिष्ठा, अधिकार, पितासँग सम्बन्ध, स्वास्थ्य, र नेत्रसम्बन्धी कुराको कारक हो। सूर्य बलियो भएमा व्यक्ति तेजस्वी, आत्मविश्वासी, उच्च पदमा पुग्ने र शासन–सत्ता क्षेत्रमा सफल हुने हुन्छ। सूर्य सिंह राशिको स्वामी हो र मकर राशिमा नीच भएको मानिन्छ। कुंडलीमा सूर्य उच्च (मेष) वा शुभ स्थानमा रहँदा नेतृत्त्व क्षमता, आत्मबल, आदर्श विचार र उर्जा बढ्छ।
चन्द्र ग्रहलाई वैदिक ज्योतिषशास्त्रमा मन, भावना, माता, स्मृति शक्ति, र मानसिक स्थिरताको प्रतीक मानिन्छ। यो ग्रहले मानिसको भावनात्मक स्वभाव, व्यवहार, तथा मानसिक सन्तुलनमा गहिरो प्रभाव पार्दछ। चन्द्र ग्रह शुभ भएमा व्यक्ति कोमल हृदय, दयालु, र कल्पनाशील हुन्छ। यसको बलले मानसिक शान्ति, मातृसुख, स्मरणशक्ति, र जनसम्बन्धमा सुधार ल्याउँछ। चन्द्र ग्रह कर्कट (Cancer) राशिको स्वामी हो।
बृहस्पति हिन्दू ज्योतिषमा नवग्रहहरूमध्ये सबैभन्दा शुभ र प्रभावशाली ग्रह मानिन्छ । यसलाई “गुरु” वा “देवगुरु” पनि भनिन्छ, र ज्ञान, धर्म, न्याय, आध्यात्मिकता, शिक्षा, सन्तान सुख, र समृद्धिको कारक ग्रह हो। बृहस्पतिको स्वामीत्व धनु र मीन राशिमा रहन्छ र यसले कर्कट राशिमा उच्च र मकर राशिमा नीच फल दिन्छ। यो ग्रहलाई ब्राह्मण जातिको प्रतिनिधि पनि मानिन्छ।बृहस्पतिको अनुकूल प्रभावले बन्ने गर्दछ।
राहु हिन्दू ज्योतिष अनुसार नवग्रहमध्ये एक छायाग्रह हो, जसको भौतिक अस्तित्व छैन तर यसको ज्योतिषीय प्रभाव अत्यन्त शक्तिशाली मानिन्छ। राहु चन्द्रमाको उत्तर गोलबिन्दु (North Node) हो। राहुलाई मायाजाल, भ्रम, वासना, आकस्मिक घटना, मानसिक तनाव, र विदेशी सम्बन्धसँग सम्बन्धित मानिन्छ। कुन्डलीमा राहुको स्थिति खराब भएमा जीवनमा अनिश्चितता, असफलता, र मानसिक अशान्ति उत्पन्न हुन सक्छ। यसले जातकलाई सामाजिक प्रतिष्ठामा क्षति पुर्याउन सक्छ।
बुध ग्रहलाई ज्योतिषशास्त्रमा बुद्धि, वाणी, सञ्चार, व्यापार, गणित र तर्कशक्ति को कारक मानिन्छ। बुध देव चन्द्र र तारा का पुत्र हुन्। मिथुन र कन्या राशिका स्वामी बुध, मानव जीवनमा सूझबुझ, वाकचातुर्य, लेखपढ तथा व्यापारिक सफलता दिलाउने ग्रह हुन्। राम्रो स्थानमा रहेको बुधले मान्छेलाई ज्ञानी, वाकपटु र व्यावसायिक रुपमा सफल बनाउँछ। बुध दोष:
जब बुध ग्रह अशुभ ग्रहहरू (राहु, केतु, शनि आदि) सँग स्थित हुन्छ वा नीचस्थ, अस्त वा पीडित हुन्छ भने बुध दोष उत्पन्न हुन्छ।
शुक्र ग्रहलाई वैदिक ज्योतिषमा सौन्दर्य, भोग–विलास, प्रेम, कला, संगीत, विवाह, धन, गहना, सन्तान र स्त्रीसुखको कारक मानिन्छ। यो वृष (Taurus) र तुला (Libra) राशिको स्वामी हो र मीन राशिमा उच्च तथा कन्या राशिमा नीच मानिन्छ। शुक्र बलियो हुँदा व्यक्ति आकर्षक, कलात्मक, प्रेमपूर्ण, धनी, विलासी र लोकप्रिय हुन्छ। विशेषतः फिल्म, कला, डिजाइन, संगीत, सौन्दर्य प्रसाधन, फैशन आदि क्षेत्रका मानिसहरूको कुण्डलीमा शुक्र बलियो हुने गर्छ।
केतुलाई वैदिक ज्योतिषमा छायाग्रह मानिन्छ, जसको कुनै भौतिक स्वरूप छैन। यसले आध्यात्मिकता, मोक्ष, रहस्य, अनुसन्धान, इन्ट्युसन (सजगता) र कर्मको फलसँग सम्बन्ध राख्दछ। केतुको शुभ प्रभावले व्यक्ति तपस्या, ध्यान, अध्यात्म र गहिरो अनुसन्धानमा सफल बनाउँछ। तर अशुभ केतुले भ्रम, मानसिक अशान्ति, अनियन्त्रित विचार, अनिद्रा र रोगहरू निम्त्याउन सक्छ।
शनिदेव (शनि ग्रह) वैदिक ज्योतिष अनुसार कर्म, न्याय, अनुशासन, विलम्ब, श्रम, संयम र धैर्यका कारक मानिन्छन्। यिनी सूर्य पुत्र र कालको प्रतीक मानिन्छन्। शनि ग्रह मानिसको जीवनमा कर्मफल दिन्छन्— जस अनुसार शुभ कर्म गरेमा उन्नति, अशुभ कर्म गरेमा कष्ट दिलाउँछन्। शनि मकर (Capricorn) र कुम्भ (Aquarius) राशिका स्वामी हुन्, तुला राशिमा उच्च र मेष राशिमा नीच मानिन्छ।
मंगल ग्रहलाई वैदिक ज्योतिषशास्त्रमा उर्जा, साहस, क्रियाशीलता, पराक्रम, र यौवनको प्रतीक मानिन्छ। यो ग्रहले युद्ध, तथा भाई-बहिनी सम्बन्धी विषयहरूको कारक हुन्छ। मंगलको बलले व्यक्तिमा आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिस्पर्धी भावना र निर्णयक्षमतालाई बढावा दिन्छ। यो मेष (Aries) र वृश्चिक (Scorpio) राशिको स्वामी हो, बलरामले कर्कट र तुला राशिमा नीच ठहराइएको छ।