चन्द्र ग्रह पूजा
चन्द्र ग्रह पूजा
चन्द्र ग्रहलाई वैदिक ज्योतिषशास्त्रमा मन, भावना, माता, स्मृति शक्ति र मानसिक स्थिरताको प्रतीक मानिन्छ। यो ग्रहले मानिसको भावनात्मक स्वभाव, व्यवहार तथा मानसिक सन्तुलनमा गहिरो प्रभाव पार्दछ। चन्द्र ग्रह शुभ भएमा व्यक्ति कोमल हृदय, दयालु, र कल्पनाशील हुन्छ। यसको बलले मानसिक शान्ति, मातृसुख, स्मरणशक्ति र जनसम्बन्धमा सुधार ल्याउँछ। चन्द्र ग्रह कर्कट (Cancer) राशिको स्वामी हो र वृष राशिमा उच्च तथा वृश्चिक राशिमा नीच मानिन्छ। यदि चन्द्र अशुभ स्थानमा छ, पापग्रहसँग युति वा दृष्टिग्रस्त छ भने त्यसले चन्द्र दोष उत्पन्न गर्दछ।
चन्द्र ग्रह दोषबाट हुने ६ प्रमुख हानिहरू:
- अत्यधिक मानसिक तनाव, चिन्ता र डिप्रेशन
- अनिद्रा तथा बेचैनी
- माताको स्वास्थ्यमा समस्या वा सम्बन्धमा टकराव
- स्मृति कमजोरी, निर्णय क्षमतामा ह्रास
- अस्थिरता, डर, भ्रम वा आत्मविश्वासको अभाव
- पदप्राप्तिमा निरन्तर वाधा
चन्द्र दोष शान्ति पूजाका ६ लाभ:
1 मानसिक शान्ति र आत्मविश्वासको वृद्धि
2 मातासँगको सम्बन्धमा सुधार
3 निर्णय क्षमता तथा स्मरणशक्ति बढ्दछ
4 अनिद्रा, तनाव, र भय कम हुन्छ
5 भावनात्मक सन्तुलन र मनोबलमा सुधार
6 पंदप्राप्तिमा सहजता ।
चन्द्र ग्रह दोष निवरण पूजाको प्रक्रिया
चन्द्र दोष शान्ति पूजालाई शुभ चतुर्दशी, पूर्णिमा, वा सोमबार आरम्भ गर्न उपयुक्त मानिन्छ। सर्वप्रथम शुद्ध स्नान गरी पूजा स्थान पवित्र गरिन्छ। गणेश पूजन पश्चात नवग्रह पूजा गरिन्छ, र त्यसपछि चन्द्र ग्रहको विशेष आवाहनसहित पूजा सुरु गरिन्छ। चन्द्र यन्त्र स्थापना गरिन्छ, र शुद्ध जल, कच्चा दूध, चन्दन, सेतो पुष्प, सेतो वस्त्र, चावल, र मिश्री अर्पण गरिन्छ। चन्द्र मन्त्रको जप कम्तिमा ११ माला गरिन्छ। पूजामा चन्द्र ग्रहका शान्तिकारक स्तोत्र, कवच, र बीज मन्त्रहरूको पाठ गरिन्छ। पूजा पश्चात सेतो वस्त्र, मिश्री, चावल, घिउ, चाँदीजस्ता वस्तुहरू ब्राह्मणलाई दान दिइन्छ। यदि सम्भव भएमा सादा भोजन गराउने, गौसेवा वा सोमबार
चन्द्र ग्रह दोष निवरण मन्त्र:
“ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः”
(११ माला वा १०८ पटक प्रतिदिन जप गर्दा चन्द्र दोष शान्त हुन्छ।)
चन्द्र दोषमा प्रयोग गरिने विशेष पूजासामग्री:
- सेतो वस्त्र र सेतो चन्दन
- चन्द्र यन्त्र (चाँदीको प्लेटमा)
- कच्चा दूध, चावल, मिश्री
- सेतो पुष्प (विशेषतः कमल वा चमेली)
- चाँदीको पात्र वा अर्घ्य पात्र
- सेतो रंगको आसन
- धूप, दीप, घिउ
- रुद्राक्ष माला (२ मुखी वा ५ मुखी)
- चन्द्र ग्रहका मन्त्रपाठ पुस्तक वा स्तोत्र
यसरी विधिपूर्वक चन्द्र दोष निवारण गर्दा मानसिक, भावनात्मक र पारिवारिक जीवनमा स्थिरता र सन्तुलन प्राप्त हुन्छ।
ई–पूजा कसरी काम गर्छ:
गणेश पूजा, ग्रह शान्ति पूजा आदि मध्ये मनपर्ने पूजा प्रकार चयन गर्नुहोस्।
Zoom, Google Meet, WhatsApp वा Microsoft Teams मध्ये पूजा भिडियो सम्मेलनका लागि उपयुक्त अनलाइन प्लेटफर्म चयन गर्नुहोस्।
Provide Sankalp Details. Enter your Name and Gotra for the Sankalp.
अनलाइनमा पूजा तालिका बनाई पूजा अनुष्ठान गर्नुहोस् and receive photos and videos within 2 days of Pooja.