मंगलिक दोष पूजा
मंगलिक दोष पूजा
मंगलिक दोष (Mangalik Dosha), जसलाई “माङ्गलिक दोष” पनि भनिन्छ, वैदिक ज्योतिष अनुसार कुन्डलीमा मङ्गल ग्रह विशेष स्थानमा (जस्तै 1st, 4th, 7th, 8th, वा 12th भावमा) रहेमा उत्पन्न हुने दोष हो मांगलिक दोष व्यक्तिको जन्मकुन्डलीमा मंगल ग्रहको दोषका कारण हुने असन्तुलन हो जसले वैवाहिक जीवनमा समस्या र बाधा ल्याउन सक्छ। स्वस्तिश्री पूजाले यस दोषको शान्तिका लागि विशेष पूजा कार्यक्रम सञ्चालन गर्छ। यस पूजाले दोष हटाई वैवाहिक सुख, समृद्धि र परिवारमा सौहार्दता ल्याउँछ। हाम्रा अनुभवी पुजारीहरूले पवित्र विधि अनुसार पूजा सम्पन्न गरी मंगल ग्रहको प्रकोप कम गर्न र जीवनमा सकारात्मक ऊर्जा प्रवाह गराउन मद्दत गर्दछन्। मांगलिक दोष शान्तिका लागि स्वस्तिश्री पूजाको सेवा लिनुहोस् र जीवनलाई सुखमय बनाउनुहोस्।
मंगलिक दोष बाट हुने मुख्य ६ हानीहरु
१. विवाहमा ढिलाइ वा अवरोध
मंगलिक दोष भएका व्यक्तिको विवाह ढिलो हुने, बारम्बार सम्बन्ध बिच्छेद हुने, वा राम्रो सम्बन्ध बन्न नसक्ने सम्भावना हुन्छ।
२.वैवाहिक जीवनमा अशान्ति
विवाह भएपश्चात पनि दम्पतीबीच झगडा, असमझदारी, वा मनोमालिन्य भइरहने अवस्था उत्पन्न हुन सक्छ।
३. पतिरपत्नीको स्वास्थ्य वा दुर्घटना सम्बन्धी डर
मंगल दोष भएमा श्रीमान वा श्रीमतीलाई गम्भीर स्वास्थ्य समस्या, दुर्घटना, वा अकाल मृत्यु हुने आशंका गरिन्छ।
४. आर्थिक समस्याहरू
मंगल ग्रहको प्रभावले वैवाहिक जीवनमा आर्थिक संकट, ऋण, र करियरमा अस्थिरता ल्याउने विश्वास गरिन्छ।
५. सन्तान प्राप्तिमा समस्या
मंगलिक दोषका कारण सन्तान प्राप्तिमा ढिलाइ, गर्भपतन, वा सन्तान नहुन सक्ने सम्भावना रहन्छ।
६. मानसिक तनाव र पारिवारिक सम्बन्धमा दरार
मंगलिक दोषले मानसिक अशान्ति, तनाव, पारिवारिक कलह र सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्छ।
माङ्गलिक दोषको शान्तिका लाभहरु
१. वैवाहिक जीवनमा सुखशान्ति ल्याउने।
२. पारिवारिक विवाद र कलह हटाउने।
३. जीवनसाथीको दीर्घायु र स्वास्थ्यको रक्षा गर्ने।
४. सफलताको मार्ग प्रशस्त गरी बाधा हराउने।
मंगलिक दोष पूजाको सामग्री सूची:
१. साफा / टोपि २. गंगा जल
३. कुम्भी ४. धूप बत्ती
५. कपूर ६. लाल वस्त्र
७. हल्दी ८. चन्दन पाउडर
९. केशर १०. बेलपत्र
११. गुड / चीनी १२. तिल
१३. सुपारी १४. अक्षता (चामल)
१५. सिंदूर १६. लौंग
१७. मसूर १८. गायको घी
१९. फलफूल (केरा, सुन्तला, आदि)
२०. हवन सामग्री (सम्भव भएमा)
२१. पञ्चामृत
२२. यज्ञकुंड
२३. दीपक
२४. शंख
२५. फूल माला
ई–पूजा कसरी काम गर्छ:
गणेश पूजा, ग्रह शान्ति पूजा आदि मध्ये मनपर्ने पूजा प्रकार चयन गर्नुहोस्।
Zoom, Google Meet, WhatsApp वा Microsoft Teams मध्ये पूजा भिडियो सम्मेलनका लागि उपयुक्त अनलाइन प्लेटफर्म चयन गर्नुहोस्।
Provide Sankalp Details. Enter your Name and Gotra for the Sankalp.
अनलाइनमा पूजा तालिका बनाई पूजा अनुष्ठान गर्नुहोस् and receive photos and videos within 2 days of Pooja.