शनिदेव ग्रह पूजा

शनिदेव ग्रह

शनिदेव (शनि ग्रह) वैदिक ज्योतिष अनुसार कर्म, न्याय, अनुशासन, विलम्ब, श्रम, संयम र धैर्यका कारक मानिन्छन्। यिनी सूर्य पुत्र र कालको प्रतीक मानिन्छन्। शनि ग्रह मानिसको जीवनमा कर्मफल दिन्छन्— जस अनुसार शुभ कर्म गरेमा उन्नति, अशुभ कर्म गरेमा कष्ट दिलाउँछन्। शनि मकर (Capricorn) र कुम्भ (Aquarius) राशिका स्वामी हुन्, तुला राशिमा उच्च र मेष राशिमा नीच मानिन्छ। जब शनि अशुभ स्थानमा हुन्छ वा पापग्रहसँग युति वा दृष्टिग्रस्त हुन्छ तब शनि दोष उत्पन्न हुन्छ।

शनि बलियो भएमा मानिस परिश्रमी, जिम्मेवार, गम्भीर, न्यायप्रिय र सफल हुन्छ। यसले पेशागत सफलता, न्यायिक निर्णयमा विजय, दीर्घकालीन योजनामा सफलता दिन्छ।

 शनिदोषबाट हुने ५ प्रमुख हानिहरू:

  • जीवनमा बारम्बार बाधा, विलम्ब वा असफलता
  • घोर परिश्रमको बाबजुद प्रगति नहुनु
  • मानसिक तनाव, निराशा वा एक्लोपन
  • अपमान, कानुनी समस्या वा सामाजिक अवहेलना
  • हड्डी, नशा, जोर्नी वा स्नायु रोगहरू

शनिदोष शान्ति पूजाका ५ लाभ:

  • जीवनमा स्थिरता, धैर्य र शान्तिको अनुभूति
  • व्यवसाय वा जागिरमा उन्नति र सफलता
  • कानुनी समस्याबाट मुक्ति
  • रोगनिवारण, विशेष गरी हड्डी वा स्नायु रोगहरूमा सुधार
  • नकारात्मक ऊर्जा हटाई सकारात्मक सोचको विकास

शनिदोष निवरण पूजाको प्रक्रिया

शनिदोष शान्तिका लागि शनिबार विशेष मुहूर्तमा पूजाको आयोजना गरिन्छ। सर्वप्रथम स्नान गरी नील वा कालो वस्त्र धारण गरिन्छ। पूजा स्थानमा शनिदेवको प्रतिमा वा चित्र स्थापना गरी गणेश पूजा र नवग्रह पूजा गरिन्छ। त्यसपछि शनिदेवको आवाहन गरी शनि यन्त्र स्थापित गरिन्छ। तिल, तिलको तेल, कालो वस्त्र, कालो तील, फलफूल, फूल, धूप, दीप र जल चढाइन्छ। शनि बीज मन्त्र वा शनि कवचको पाठ गरिन्छ।

शनिदेवको मन्त्र २३,००० पटक जप गर्नुपर्छ, वा कम्तीमा १०८ माला। शनि स्तोत्र (दशरथ कृत), शनि चालिसा र शनि सहस्रनाम पनि लाभदायी हुन्छन्। पूजा पछि तिल, नील वस्त्र, लोहा, छाता, चप्पल आदि ब्राह्मणलाई दान गरिन्छ। कालो गाई वा कुकुरलाई भोजन गराउने परम्परा पनि शुभ मानिन्छ।

शनिदोष निवारण मन्त्र:

“ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः”   (यो मन्त्र शनिबार १०८ वा १००८ पटक जप गर्दा विशेष लाभ मिल्छ।)

शनिदोष पूजामा प्रयोग हुने विशेष सामग्री:

  • शनिदेवको चित्र वा यन्त्र (कालो धातुमा)
  • कालो तील, तिलको तेल
  • कालो वस्त्र, लोहाको सामग्री
  • नीलकमल वा नील फूल
  • धूप, दीप, कर्पूर
  • कालो गाई वा कुकुरलाई चढाउने खाना
  • शनिदेव स्तोत्र र कवच पाठ पुस्तिका
  • रुद्राक्ष (७ मुखी) माला
  • लोहो वा नीलपञ्च धातको अर्घ्य पात्र

सही विधिपूर्वक शनिदोष शान्ति गर्दा जीवनमा कष्ट कम भई सफलता, स्थिरता र आत्मविश्वासमा वृद्ध‍ि हुन्छ।

ई–पूजा कसरी काम गर्छ:

Step 1 Icon
Step 1:

गणेश पूजा, ग्रह शान्ति पूजा आदि मध्ये मनपर्ने पूजा प्रकार चयन गर्नुहोस्।

Step 2 Icon
Step 2:

Zoom, Google Meet, WhatsApp वा Microsoft Teams मध्ये पूजा भिडियो सम्मेलनका लागि उपयुक्त अनलाइन प्लेटफर्म चयन गर्नुहोस्।

Step 3 Icon
Step 3:

Provide Sankalp Details. Enter your Name and Gotra for the Sankalp.

Step 4 Icon
Step 4:

अनलाइनमा पूजा तालिका बनाई पूजा अनुष्ठान गर्नुहोस् and receive photos and videos within 2 days of Pooja.