सूर्य ग्रह सम्बन्धी जानकारी

सूर्य ग्रह  

सूर्य ग्रह ज्योतिष शास्त्रमा नवग्रहहरूको राजा मानिन्छ। यो आत्मबल, स्थिर, प्रतिष्ठा, अधिकार, पितासँग सम्बन्ध, स्वास्थ्य र नेत्रसम्बन्धी कुराको कारक हो। सूर्य बलियो भएमा व्यक्ति तेजस्वी, आत्मविश्वासी, उच्च पदमा पुग्ने र शासन–सत्ता क्षेत्रमा सफल हुने हुन्छ। सूर्य सिंह राशिको स्वामी हो र मकर राशिमा नीच भएको मानिन्छ। कुंडलीमा सूर्य उच्च (मेष) वा शुभ स्थानमा रहँदा नेतृत्त्व क्षमता, आत्मबल, आदर्श विचार र उर्जा बढ्छ।

 सूर्य दोषका ५ प्रमुख हानिहरू

  1. पितासँग सम्बन्ध बिग्रिनु वा पिताको कष्ट।
  2. आँखा, हृदय वा उच्च रक्तचाप सम्बन्धी समस्या।
  3. प्रतिष्ठा घट्नु, समाज वा प्रशासनिक क्षेत्रमा अपमान।
  4. आत्मबल कमजोर हुनु, निर्णय क्षमतामा कमी।
  5. सरकारी काममा बाधा, प्रशासनिक उल्झन।
  6.  निरन्तर असफलता हुनु ।

 सूर्य दोष शान्ति पूजाका ५ लाभहरू

  1. पितृ सम्बन्ध सुधार र पिताको स्वास्थ्यमा सुधार।
  2. आत्मबल, आत्मविश्वास र नेतृत्व क्षमता वृद्धि।
  3. प्रतिष्ठा र सम्मानमा वृद्धि।
  4. सरकारी वा प्रशासनिक क्षेत्रमा सफलता।
  5. स्वास्थ्यमा सुधार विशेष गरी नेत्र र हृदयसम्बन्धी रोगमा ।
  6. क्रमिक रुपमा सफलता हासिल हुनु ।

सूर्य दोष निवारण पूजा

सूर्य दोष निवारण पूजा सामान्यतया रविबार प्रारम्भ गरिन्छ। पहिलो चरणमा नित्य स्नान गरी शुद्ध वस्त्र धारण गरिन्छ। पूजास्थलमा सूर्यको चित्र वा ताम्रपत्रमा बनाइएको यन्त्र राखिन्छ। त्यसपछि जलपात्रमा तामाको लोटो प्रयोग गरिन्छ, जसमा जल, रातो फूल, अक्षता, चन्दन र रोली राखिन्छ। सूर्यलाई अर्घ्य दिइन्छ र सूर्य गायत्री मन्त्र वा आदित्य हृदय स्तोत्र पाठ गरिन्छ। साथै, सूर्य मन्त्र १०८ पटक जाप गरिन्छ। सूर्यका निम्ति तामाको लोटामा जल राखी पूर्वतर्फ उभिएर अर्घ्य दिइन्छ। सूर्यलाई रातो वस्त्र, तामाको सामग्री, र रातो पुष्प अर्पण गरिन्छ। पूजा पछि गरीब र ब्राह्मणलाई तामाको भाडो, गुड, गेहुँ, रातो वस्त्र दान गर्नु शुभ मानिन्छ।

सूर्य दोष निवारण मन्त्र

“ॐ घृणि: सूर्याय नमः।”       

 “ॐ आदित्याय च सोमाय मङ्गलाय बुधाय च। गुरु शुक्र शनैश्चाय राहवे केतवे नमः॥”

सूर्य दोषमा प्रयोग गरिने विशेष पूजासामग्री

  1. तामाको लोटो वा पात्र
  2. रातो पुष्प (लाल कमल, जवाफूल)
  3. गुड र गहुँ
  4. तामाको यन्त्र वा सूर्यको मूर्ति/चित्र
  5. रातो वस्त्र, चन्दन, अक्षता, धूप/दीप

ई–पूजा कसरी काम गर्छ:

Step 1 Icon
Step 1:

गणेश पूजा, ग्रह शान्ति पूजा आदि मध्ये मनपर्ने पूजा प्रकार चयन गर्नुहोस्।

Step 2 Icon
Step 2:

Zoom, Google Meet, WhatsApp वा Microsoft Teams मध्ये पूजा भिडियो सम्मेलनका लागि उपयुक्त अनलाइन प्लेटफर्म चयन गर्नुहोस्।

Step 3 Icon
Step 3:

Provide Sankalp Details. Enter your Name and Gotra for the Sankalp.

Step 4 Icon
Step 4:

अनलाइनमा पूजा तालिका बनाई पूजा अनुष्ठान गर्नुहोस् and receive photos and videos within 2 days of Pooja.